५ फागुन, काठमाडौं । आज बेलुका बसेको सत्तारुढ दलको बैठकमा कुनै निष्कर्ष ननिस्की सकिएको छ । गरिब तीन घन्टा चलेको छलफलमा दलका आ–आफ्ना अडान नछोडेपछि सहमति हुन नसकेको हो । आजको बैठकमा मुख्यतय एमसीसी बारे छलफल हुने बताइएको थियो ।
प्रधानमन्त्री देउवाले जसरी पनि भोलिको संसद बैठकमा एमसीसी टेलुल नगरी नहुने पक्षमा अडान रह्यो भने नेकपा माओवादी नेकपा एकीकृत समाजवादीको यथास्थितमा संसदमा एमसीसी टेबल गर्न सकिदै र त्यसका लागि कित केही बुँदामा संशोधन हुनु पर्यो कित राष्ट्रिय सहमित भएमा मात्र संसदमा एमसीसिी टेबल हुने अडानबीच बिनानिस्कर्ष वार्ता सकिउ लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ गएका थिए।
प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट गएका हुन् ।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा देउवा एमाले अध्यक्ष ओलीको निवासमा रहेको तस्वीर सार्वजनिक गरेका छन् ।