Breaking News

कालिकोट जिल्लामा कुल मतदाता संख्या ८३ हजार ७६ जना

५ फागुन, कालिकोट । जिल्ला निर्वाचन कार्यालय कालिकोटको जानकारी अनुसार कालिकोट जिल्लामा ८३ हजार ७६ जना मतदाता पुगेका छन ।

जिल्लाका ९ वटै स्थानीय तहहरु मध्य सवैभन्दा बढी नरहरीनाथ गाउँपालिका र सवैभन्दा कम महावै गाउँपालिकामा रहेका छन । नरहरीनाथ गाउँपालिकामा १२ हजार ८ सय १७ र महावै गाउँपालिकामा ५ हजार ५ सय ४८ जना मतदाता रहेकाको जानकारी निर्वाचन काार्यालय कालिकोटले बताएको छ ।

यस्तै खाँडाचक्र नगरपालिकामा ११ हजार ५ सय ४७, रास्कोट नगरपालिकामा १० हजार ५ सय ३६, तिलागुफा नगरपालिकामा दश हजार २६, पलाँता गाउँपालिकामा ८ हजार १ सय ७७, पचालझरना गाउँपालिकामा ७ हजार पाँच सय ४, शान्नि त्रिवेणी गाउँपालिकामा ७ हजार एक सय ९३ जना मतदाता रहेको संख्या निर्वाचन आयोगमा पठाएको निर्वाचन अधिकारी धनबहादुर मल्लले जानकारी दिएका छन ।

जसमध्य ४३ हजार एक सय ३८ पुरुष र ३९ हजार ९ सय ३८ माहिलाको संख्या रहेका छन ।

२०७४ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको बेला कालिकोटमा ६४ हजार ९ सय ६१ मतदाता रहेको कालिकोटमा पाँच वर्षपछी थपिएर ८३ हजार ७६ पुगेको छ ।

२०७४ सालको निर्वाचन पछि १८ हजार एक सय १५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका शुचना अधिकारी लक्ष्मणबहादुर शाहीले जानकारी दिएका छन । उनका अनुसार अनुसार ९ वटै स्थानिय तह र जिल्ला निर्वाचन कार्यालय गरी जम्मा नयाँ १८ हजार एक सय १५ जना थपिएका छन ।

उनका अनुसासर बाहीर जिल्लाका मतदाता कालिकोटमा एक सय ७१ जनाको मतदाता पनी बनाएका छौँ , तर, उनिहरु आफ्नै जिल्लामा मत हाल्न पाउने समेत बताए । सूचना अधिकारी शाहीका अनुसार यो विवरण आयोगमा पठाएका छौँ, त्यसका केही दोहोरिएका छन् भने संसोधन भएर आएपछि पालिकापालिका स्तरमा पठाउने उनले बताए ।

लेखक : बासमती रोकाया