Breaking News

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री रोकायालाई बधाई तथा सम्मान प्रकट

३ फागुन, काठमाण्डौ । कर्णाली प्रदेस सरकारका नवनियुक्त भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदमबहादुर रोकायालाई काठमाण्डौमा एक कार्यक्रमगरी बधाई तथा सम्मान गरिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेश सम्पर्क कमिटीद्धारा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेश संसाद रोकाया कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको हो ।

कार्यक्रममा छोटो मन्तव्य दिंदै मन्त्री रोकायाले आफु पैसा कमाउन मन्त्री नभएको त्यसका लागि एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने बाचा गर्नु भएको थियो । यदि मैले मन्त्री पदमा रहँदासम्म कही कतै एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको थाहा पाउनु भयो भने आफु एक मिनेट पनि मन्त्री पदमा नबस्ने समेत घोषणा गर्नु भएको थियो । म कुनै, कोहीसँग लगत सम्झौता नगर्ने र बिचौलीयालाई आफ्नो मन्त्रालय  प्रवेशमा निषेद गर्ने समेत बताउनु भयो ।

कर्णाली जनताको जिवनस्तर र विकासको लागि आफु मन्त्री रहँदा सम्म उदाहरणीय काम गर्ने तर एक रुपैयाँ समेत हिनामिना नगर्ने बताए ।

मन्त्री रोकायाले आफू सक्षम भएर मन्त्री नभएको तर एक राजनीतिक सिपाइ र इमान्दार कार्यकर्ता भएकै कारणले मलाई विश्वास मानी पार्टीले मलाई मन्त्रीमा सिफारिस गरिएको बताए ।

मन्त्री रोकायाले पार्टीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेशका मुख्मन्त्री जिवनबहादुर शाहीले आफूलाई यो मन्त्रालय चलाउन सक्ने क्षमता र आँट भएकोले आफूलाई नियुक्त गरेको भन्दै दुबै जनाको प्रशंसा समेत गरेका थिए ।

मन्त्री रोकायाले अर्को प्रसंङगमा, आफुहरुले एमालेबाट बिद्रोह गरेर एकीकृत समाजवादी पार्टी निर्माण गरेकाले तपाई हामी सबै आ–आफ्नो ठाउँबाट पार्टी र संगठन निर्माण गरेर आउँदो बैशाख ३० मा हुनगइरहको स्थानीय चुनाव त्यसपछि आउने प्रदेश र संघको निर्वाचनमा पार्र्टी सम्बद्ध उम्मेदवारलाई जिताउन आजैदेखि लाग्नु पर्नेमा जोड दिए । मन्त्री रोकायाले आफूलाई सम्मान र बधाई दिइएकोमा कर्णाली सम्पर्क कमिटी र कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई बधाई दिएका थिए ।

कर्णाली प्रदेश सम्पर्क कमिटीद्धारा काठमाण्डौंको बाघबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्यूरो सदस्य एवं सम्पर्क इन्चार्ज बिजय गुरुङ प्रमुख अतिथि, मन्त्री रोकाया बिशेष अतिथि र अन्य अतिथिमा एकीकृत पार्टीका केन्द्रीय सदस्य र पार्टी सम्बद्ध जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधिहरुको आथित्य रहेको सो कार्यक्रममा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीतामा मन्त्री रोकायलाई दोसल्ला र अबिर लगाएर बधाई तथा सम्मान गरिएको थियो ।