त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुहरूले पिएनआर नम्बर मात्रै देखाएर छिर्न नपाउने भएका गरिएको छ ।
विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट अथवा प्रिन्ट गरिएको टिकट अनिवार्य गरिएको छ ।
यो नम्बर मात्र लिएर जाँदा व्यक्तिको नाम, ठेगाना लगायत विवरण नखुल्ने हुँदा अप्ठ्यारो सिर्जना भएकाले यो व्यवस्था लागू गरिएको हो ।
मोबाइल तथा इलेक्ट्रिक डिभाइसमा टिकट डाउनलोड गरिएको भए देखाएर पनि प्रवेश पाइन्छ।