एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । भोलि फागुन १ गते हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि ती दल र मोर्चाले अपील गरेका छन् ।
राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्यालीमा २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मैनालीले विरोध र्यालीमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा फागुन १ गते बागबजार चोकदेखि शान्तिबाटिका सम्म मसाल जुलुस समेत आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।