Breaking News

पनौतीको त्रिवेणीघाटमा १२ वर्षमा एक पटकमात्र लाग्ने मकर मेलाको आज अन्तिम दिन,भक्तजनहरूको अत्यधिक घुइँचो

काभ्रे जिल्लाको पनौतीमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक हिसावले चिनिने १२ वर्षे मकर मेलाको आज अन्तिम दिन हो ।

१२ वर्षमा एक पटकमात्र लाग्ने भएकोले आज पनौतीमा भक्तजनहरूको अत्यधिक घुइँचो छ।

मेला हेर्नका लागि टाढा टाढाबाट मानिसहरू आएका छन्। आज अन्तिम दिन भएकोले गर्दा नै बनेपादेखि पनौति मकर मेला लाग्ने स्थानसम्म जाम छ। मानिसहरू पैदल हिँडेर नै मेला हेर्न जाँदैछन् भने सवारी साधनको पनि अत्याधिक भिडले जाम भएको छ । त्यस्तै ललितपुर महालक्ष्मी नगरपालिकाको बगरबाट पनौति जाने बाटो समेत सवारी सधानले जाम भएको छ ।

मेला पनौतीको त्रिवेणीघाटमा लाग्ने गर्दछ । सो क्षेत्र अहिले मान्छेहरुको भिडले भरीभराउ छ ।

मकर मेलामा भक्तजनहरुले स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ। हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको पारेका थिए भन्ने किम्बदन्ती पनि रहँदै आएको छ।