आज बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेको हो । चुनावको मिति घोष्णा गर्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो ।
सरकारले बैशाख ३० गते चुनाव गर्न सकिन्छ कि सकिदैन भनेर आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले बैशाख ३० को मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगकै सुझावअनुसार सरकारले मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने भएपछि त्यसअघि नै नयाँ जनप्रतिनिधिले पदबहाल गर्नेगरी बैशाख ३० मा चुनाव गर्दा सहज हुने आयोग पदाधिकारीको भनाई छ ।
यसैबीच सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ ।