२४ माघ, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज मन्त्रालयमा उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले महङ्गी बढेको भन्दै विद्यार्थी, मजदुर, किसानलगायतका समुदायलाई तत्काल निःशुल्क इन्डक्सन चुल्हो उपलब्ध गराउन माग गरेको छ ।
ज्ञापनपत्र बुझाउन अनेरास्ववियूका अध्यक्ष सुरेस पराजुलीसहित बिद्यार्थी टोलीले मन्त्री भुसाललाई भेटेर ज्ञापन पत्र बुझाएकोे छ ।
‘अनेरास्ववियू ले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुल्हो निःशुल्क वितरणका लागि माग गर्दछ’ साथै सो संगठनले विद्युतीय माध्यमबाट चल्ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन अनेरास्ववियूले ध्यानाकर्षण गराएको हो ।
‘जलश्रोतले धनी हाम्रो नेपालमा विद्युतको उत्पादनमा जोड दिन सकियो भने सस्तोमा जनताका आवश्यकताहरु परिपूर्ति गर्न सकिने प्रशस्तै आधारहरू छन् । यो नै दीर्घकालीन समाधान हुने ज्ञापनपत्रमा भनिएको छ ।