Breaking News

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीत

राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतको भिडियो गएको मंसिर महिनमा सार्वजनिक गरिएको थियो ।

विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले रेकर्डिङ र मिक्सिङ भरेका छन् । गीतमा माण्डव्य र तिलक बस्नेत बस्नेत दुवैको स्वर सुन्न सकिन्छ ।

सन्चु थोकरको छायांकन रहेको गीतको भिडियो निर्देशन गोविन्द राईले गरेका छन् । गीतको भिडियोमा वरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, सुरवीर पण्डित, पूर्व प्रहरी सुपरिवेक्षक सुदिप आचार्य, राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतका व्यक्तिहरुलाई देख्न सकिन्छ ।

निर्देशक राईले राष्ट्रिय गीत भएकाले अन्य भिडियोभन्दा फरक तरिकाले भिडियो बनाएको बताए । भिडियोमा झण्डाको महत्व बुझाउन हरेक क्षेत्रका व्यक्तित्वलाई आफूले समेट्ने प्रयास गरेको उनको भनाइ छ । राष्ट्रिय झण्डाको जन्म आजभन्दा २५०० वर्ष अघि भएको बताउँदै उनले भने, ूझण्डाको संरक्षण र महत्त्वको बारेमा बुझाउन यस गीतले उल्लेख्य भूमिका खेल्नेछ ।
गायक माण्डव्यले राष्ट्रिय झण्डाको महत्व बुझाउन सुरु गरेको अभियानलाई स्मरण गर्दै भने, ूजसले जस्तो मन लाग्छ त्यस्तै झण्डा बनाउने गरेका छन् । यसले हाम्रो झण्डाको गरिमा र महत्वलाई घटाउँछ ।