लमजुङमा भूकम्पको धक्का महसुस

१४ माघ, लमजुङ । नेपालमा पटकपटक सयम गरी नेपालका ठाउँठाउँमा भूकम्पका धक्का जाने क्रमा फेरी लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले थाहा नपाएको बताएका छन् ।