एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमाले स्रोतले बताएके छ ।

प्राप्त स्रोतकाा अनुसार विकसित राजनीतिक घटनाक्रम,स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेका प्रश्नको एमालेको धारणा आउने बताइएको छ ।

निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।