विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला ९.९१ लाख संक्रमित निको भए

विश्वमा आइतबार १९।३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९।९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २।८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २।७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २।५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ ।

हिजो अमेरिकामा मात्रै ३४६ नयाँ मृत्यु भएको छ । सक्रिय संक्रमितको मामिलामा अमेरिका पहिलो स्थानमा रहँदै आएको छ । पुरै विश्वमा ५।५७ करोड सक्रिय संक्रमित रहेका छन् । यसमा अमेरिकामा मात्रै २।३० करोड छन् । पुरै विश्वमा हालसम्म करिब ३२।८७ करोड भन्दा बढी मानिस यस महामारीको चपेटामा आइसकेका छन् । यसमा २६।७४ करोड ठीक भइसकेका छन् । ५५।५७ लाखले ज्यान गुमाइसकेका छन् ।

सिन्ध प्रान्तमा मास्क नलगाएमा तलब कटौती

पाकिस्तानको सिन्ध प्रान्तमा मास्क नलगाउने सरकारी कर्मचारीका एक दिनको तलब कटौती गरिने भएको छ । प्रान्तमा कोभिड–१९ को बढ्दो मामिलालाई मध्यनजर गर्दै यो निर्देशिका जारी गरिएको हो । यहाँ कोरोना पोजिटिभ दर ३५ प्रतिशतमा पुुगेको छ । मुख्यमन्त्री मुुराद अली शाहको अध्यक्षतामा सीएम हाउसमा कोरोना टास्क फोर्सको बैठक भएको थियो । जसमा शाहले भनेको छन्,‘जुन अधिकारीले मास्क लगाउँदैनन्, उनीहरुले जरिवाना तिर्नुपर्ने छ ।’

चीनको लकडाउनबाट आपूर्ति श्रृंखला प्रभावित हुने

आगामी दिनमा विश्वमा आपूर्ति श्रृंखला अझ धेरै प्रभावित हुन सक्छ । चीन विश्वकै तेस्रो ठूलो उत्पादक भएकाले यस्तो हुन्छ । यहाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्दो देखिएकाले कडा लकडाउनको व्यवस्था गरिएको हो ।