प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

३ माघ काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको छ ।

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक(दुई दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अनलाइनखबरसँग भने, ‘त्यसको तयारी भइरहेको छ ।’

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा विश्वासको मत लिएपछि सम्बोधन गरेका थिए ।