ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु

ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन सुरु रियालिटी शो सुरु भएको छ । लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा एपीवान टेलिभिजनमा ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ सुरु भएको हो ।

ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए। जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन्।

द ब्यान्ड च्याम्पियन रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए। ब्यान्डको प्रतिस्पर्धा भए पनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ। जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ। जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ। ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन्। नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने छिन्।

एपीवान टेलिभिजनमा शनिबार राती ९ बजेपछि प्रशारण हुने ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चाररचार लाख पुरस्कार पाउनेछन्। विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउने छन्। ब्यान्ड च्याम्पियनको डिजिटल पार्टनर माउन्ट एभरेस्ट डिजिटल रहेको छ । ‘ब्यान्ड च्याम्पियन रियालिटी शो’ माउन्ट एभरेस्ट डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।