थप ५०८७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि

३० पुस, काठमाडों । नेपालमा थप ५०८७ जनामा कोरोना भाइरस कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजे) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजै ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।