कालिकोट नेकपा एमाले जिल्ला कमिटी अध्यक्षमा जसीप्रसाद पाण्डे बिजयी

३० पुस, कालिकोट । नेकपा एमालेको कालिकोट जिल्ला कमिटीको नेतृत्व चयनको लागि हिजो भएको निर्वाचनको आज मतपरिणाम सार्वजनिक गरिए अनुसार सस्थापन समूहबाट अध्यक्षमा प्रत्यासी जसीप्रसाद पाण्डे बिजयी भएका छन् । उनले अर्का उम्मेदवार निवर्तमान अध्यक्ष रमेशकुमार शाहीलाई हराउँदै बिजयी भएका हुन ।

प्रमुख निर्वाचन आयुक्त तुलराम पाण्डेका अनुसार अध्यक्षमा जसी पाण्डेले कुल खसेको मतमा ४३३ मत ल्याउँदै बिजयी भएका हुन भने संस्थापनइतर समूहका निवर्तमान अध्यक्ष रमेशकुमार शाहीले २९७ मत ल्याउदै पारजित भएका छन् । अध्यक्षमा बिजयी पाण्डे खाडाचक्रम नगरपालिका का मेयर समेत हुन । उनले आफ्ना प्रत्यासी शाहीलाई १३६ मत अन्तरले पराजित गर्दै बिजयी भएका छन् ।

त्यस्ततै उपाध्यक्षमा ५ जनाको प्रतिस्पर्धा भएको थियो । ५ जना मध्य सबै भन्दा सर्वाधिकत मत ३८० मत प्राप्त गर्दै दयाराम सिम्खाडा बिजयी भएका छन् । उनको प्रतिद्धन्द्धिमा अनिल बहादुर शाही आएका छन् । उनले १७७ मत ल्याएका थिए भने बेलकोशा शाही २३, लक्ष्मी चौलागाई ५५ र सक्कबहादुर बम ४१ मत ल्याएका छन् । उपाध्यक्षमा पनि संस्थापन समूहकै उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा दुई जनाको उम्मेदवारी परेको थियो । संस्थापन पक्षबाट टेकबहादुर बुढा र पार्वत सिंह संज्यालको बुढाले सिंहलाई १२ मतको अन्तरले हराउँदै सचिवमा बिजयी भएका छन् । टेकबहादुर बुढाले ३४४ मत पाउदा पार्वती सिंह संज्यालले ३३२ मत पाएकी छन ।

त्यस्तै उपसचिव २ जनामा ६ जनाको उम्मेदवारी परेको थियो । जसमा सबैभन्दा बढी मत ब्यासी तिरुवा ९विकास० र मनराज शाहीले ल्याउदै बिजयी भएका छन् । व्यासीले ३९० र शाहीले २६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुला सदस्यमा अक्कल कार्की, कलबहादुर मल्ल, कर्ण प्रसाद चौलागाई, विनोद शाही, विमल शाही, व्यासी बम, भवनी प्रसाद आचार्य, मैया मल्ल, रजबहादुर मल्ल्, सन्तोष महतारा, समुन कुमार बम, हिरामणी चौलागाई, हिरालाल धिताल रहेका छन् ।

त्स्तै दलित खुलाबाट रमेश नेपाली, जनजाति पुरुषबाट टेकबहादुर थापा, जनजाति महिलाबाट इश्वरा राम्जाली रहेका छन् ।

त्यस्तै पलता भूगोलबाट अम्मराज बुढा, जैमल बुढा, धर्मसिंह धामी र महिला भूगोलबाट रजबिना शाही, सिद्धकुमारी शाही त्यस्तै भुगोल दलितबाट धनजय कामी , त्यस्तै तिलागुफा भूगोलबाट कटकबहादुर शाही, गगन बहादुर थापा, टेकबहादुर शाही र मायालाल महतारा रहेका छन् ।

त्यस्तै खाडाचक्र भगोलबाट गोबिन्दबहादुर मल्ल, पंखबहादुर मल्ल, बद्रीप्रसाद पाण्डे, हंसबहादुर मल्ल बिजयी भएको निर्वाचन आयोगले बताएको छ ।