सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरको अनुरोध

२७ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रशासनले आज राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।

प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

ललितपुरमा सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

 प्रशासनको आदेशः