२५ पुस, काठमाडौं । नेपालमा थप ११६७ जनामा कोरोना भाइरस कोभिड-१९० को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।
मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९।५ प्रतिशत पुगेको छ ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ भने ८ लाख १४ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७५५ जना रहेका छन् । जसमध्ये ६ हजार १२७ जना होम आइसोलेसनमा रहेका छन् भने ६२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४९१, ललितपुरमा ९९, मोरङमा ५१, भक्तपुरमा २५, कास्कीमा २४ र रुपन्देहीमा ११ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।