प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने मन्त्रिपरिषद्को बैठकले अनुमोदन

२१ पुस, काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् अनुमोदन गरेको छ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।