२१ पुस, काठमाण्डौं । काँग्रेसको नेता शेखर कोइराला पक्षको बैठक सिंहदरबारस्थित होटल बसेरामा बैठक सुरु भएको छ । बैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार बनेका नेताहरु, प्रदेशका उम्मेदवारसहितका सहभागी रहेका छन् । बैठकमा गत महाधिवेशनका समीक्षा र आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
यस्तै पहिलो र दोस्रो केन्द्रीय समितिको बैठकको निर्णयका साथै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो समूहप्रति देखाएको अनुदारताका विषयमा पनि छलफल हुने एक नेताले बताए ।