२१ पुस, काठमडौं । प्रतिनिधिसभाको बैठक भोलि पुस २२ गते बोलाइएको भए पनि स्थगित गरिएको छ । संसद सचिवालयले प्रकाशित गरेको सूचना अनुसार बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो ।
पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।
हेर्नुहोस् सूचना