परीक्षामा २० अङ्क सित्तैमा !

टेलिस्कोप बिग्रिएपछि वाल्मीकि विद्यापीठ ९वाल्मीकि क्याम्पस०का विद्यार्थीलाई प्रयोगात्मक परीक्षा नलिइकनै अङ्क प्रदान गर्ने गरिएको छ । स्नातक र स्नातकोत्तर तहमा खगोल ज्योतिष विषयका विद्यार्थीले वेधशालामा रहेको टेलिस्कोप प्रयोग गर्न पाउँदैनन् तर वार्षिक परीक्षामा २० अङ्क सित्तैमा पाउने गरेका छन् ।

विद्यापीठका खगोल ज्योतिष विषयका डा। सहप्राध्यापक जयन्त आचार्यले विद्यार्थीलाई टेलिस्कोपको प्रयोग गर्न लगाई प्रयोगात्मक परीक्षा लिनुपर्नेमा कहिल्यै पनि त्यस्तो अवसर प्राप्त हुन नसकेको गुनासो गरे । उनले भने, “टेलिस्कोपबाट ग्रहको अध्ययन हेर्नुपर्ने हुन्छ तर विद्यार्थीले थन्क्याइएको टेलिस्कोप टाढाबाटै हेरे पुग्छ, परीक्षामा अङ्क पाउँछन् । यो हाम्रै कमजोरी हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।