राष्ट्र बचाउन र परिवर्तनलाई संस्थागत गर्न एकतालाई सुदृढ गर्नैपर्छ

कदर समाचार

बैशाख ९, काठमाडौं । हिजो सोमबार सरकारले ल्याएको दुई अध्यादेशबारे बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री समेत जनार्दन शर्मा प्रभाकरले परिवर्तन र एकताविरोधी कुनै पनि कुरा मान्य नहुने बताएका छन् जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र बचाउने जिम्मेवारी दल र तिनका नेताहरुको भएको भन्दै मुलुक बचाउन, परिवर्तनलाई संस्थागत गर्न र एकतालाई सुदृढ गर्नुको विकल्प नभएको पनि बताएका छन् ।
‘राष्ट्र बचाउन र परिवर्तनलाई संस्थागत गर्न एकतालाई सुदृढ गर्नैपर्छ’, शर्माको भनाइ छ । त्यस्तै उनले लोकतन्त्रको मूल्य र मान्यता विपरितका निर्णयहरुले कसैलाई पनि हित नगर्ने चेतावनी दिएका छन् । उनले भने,‘लोकतनत्रको मूल्य, मान्यता विपरितका निर्णयहरुले कसैलाई पनि हित गर्दैन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाविरुद्ध लड्नु नै अहिलेको मुख्य विषय भएकाले अन्य कुरालाई मुख्य विषय नबनाउन सवै राजनीतिक दल र सरकारलाई आग्रह समेत गरे ।