मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी
थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो ।

घाइतेको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।