म्याग्दी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन

१९ पुस, म्याग्दी, बेनी । म्याग्दी बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा सोमनाथ ढुङ्गाना चयन गरेको छ । क्याम्पसको ३१ औं वार्षिकोत्सब, २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १२ सदस्यीय संचालक समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

यसैगरी समितिको उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ(दिपु) , कोषाध्यक्ष राजकुमार थापालाई चयन गरिएको छ । सदस्यहरूमा शेरबहादुर केसी, कृष्णबहादुर थापा, ज्ञानेन्द्र कुमार श्रेष्ठ,अजयमिलन श्रेष्ठ,क्याःमिनबहादुर कार्की, सन्तोष रावल,किरण सापकोटा,दिपक कार्की र देउ प्रसाद छन्त्याल चयन हुनुभएको छ । पदाधिकारीको चयन संचालक समितिको पहिलो वैठकबाट निर्णय गरिने व्यवस्था छ ।

संचालक समितिको सदस्य सचिवमा क्याम्पस प्रमुख रहने विधानमा व्यवस्था छ। अधिवेशनको उद्घाटन हिजो आईतवार प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले गरेका थिए।