काँग्रेसको दोस्रो वरियतामा रामचन्द्र पौडेल

१९ पुस, काठमाण्डौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएको छ । महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सहभागी नभएर तटस्थ बसेका थिए । आज सभापति देउवाले रामचन्द्र पौडेललाई दोस्रो वरियता दिएका छन्। यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने आज सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।

महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।