राजिव थापा ‘राजश्री’ ले ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीत समेत सार्वजनिक

१९ पुस, काठमाण्डौ । लामो समयदेखि अस्ट्रेलियामा रहँदै आएका राजिव थापा ‘राजश्री’ विदेशमा रहे पनि कलाकारिता र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आएका छन् । गीत–गजल, कविता, मुक्तक कोर्न रुचाउने उनले ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीत समेत सार्वजनिक गरेका छन् ।

थापाकै शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा दिनेश गौतमको स्वर रहेको छ । दिनेशले केही अगाडि ‘लखर लखर कता’, ‘चरी’ , ‘राजाको हात्ती’ गीत सार्वजनिक गरेका थिए ।