सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु

सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले रातोपाटीलाई बताए ।

पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् ।

सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पानिको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम घाइते भएका छन् । उनलाई उपचारका लागी काठमाडौंको ग्रान्डी अस्पतालमा ल्याइएको छ ।