नेकपा (माओवादी केन्द्र) को १५ सदस्यीय पदाधिकारी रहने

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष

११ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ८औं महाधिवेशन आजबााट काठमाण्डौंमा सुरु हुँदैछ । त्यस बारेमा औपचारिक रुप लिन अहिले पार्टी कार्यालय पेसिरडाँडामा केन्द्रीय कमिटी बैठक बसीरहेको छ । प्राप्त सूचना अनुसार माओवादी केन्द्रले पार्टीको ८औं महाधिवेशनबाट १५ पदाधिकारी राख्ने भएको छ ।

केन्द्रीय समितिको भर्खरै सकिएको बैठकले पास गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।