सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको हो

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन भएको बताएका छन् । मन्त्री खतिवडाले अद्यावधिक निर्वाचनबाट प्राप्त हुने जनमतबाट लोकतन्त्र मजबुत हुने हुँदा आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।

करिब दुईतिहाइ बहुमत निकट रहेको सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक–पटक प्रतिनिधिसभा विघटन ढाकछोप गर्न अहिले संसद्मा अवरोध गरिरहेको उनको भनाइ थियो । एमालेले नीति निर्माण गर्नुपर्ने जनप्रतिनिधिमूलक थलो संसद्मा गतिरोध उत्पन्न गरी भत्तालगायत अन्य सुविधा लिने गरेको जिकिर गरे । भेलामा श्याम गिरीको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।