‘क’ वर्गको मान्यताप्राप्त २६ वटा वाणिज्य बैंकले लाभांश घोषणा सबैभन्दा बढी लाभांश नबिल बैंकको

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यताप्राप्त कुल २७ वाणिज्य बैंकमध्ये २६ वटाले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्ने बैंक बनेको छ ‘नबिल’ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई अधिकतम ३८ प्रतिशत लाभांश दिने भएको हो । बैंकले नाफापछिकोे चुक्ता पुँजीबाट ३३।६ प्रतिशत बोनस सेयर र चार।चार प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

नबिल बैंकले गत आर्थिक वर्षभित्र चार अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अन्य २५ वाणिज्य बैंकहरूले सेयरधनीलाई न्यूनतम ५।२६ प्रतिशतदेखि अधिकतम् २१।०५२६ प्रतिशतलसम्म लाभांश बाँड्दैछन् ।