Breaking News

अध्यादेशले प्रतिगामी शक्तिहरूलाई अगाडि आउन बाटो खोल्यो भने आश्चर्य नहुने

९ वैशाख, काठमाडौं । हिजो मात्र सरकारले दुई अध्यादेश बारे निर्णय गरी राष्ट्रपतिले प्रमाणकिरण गरिसेको अध्यादेश विषयमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश गलत र असान्दर्भिक भएको बताएको छ ।
पाटीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गरी अध्यादेशले नेपालको प्रजातान्त्रिक प्रणाली माथि कुठाराघात गरेको बताएका
छन् ।
संसद नभएको बेला अध्यादेश मार्फत ऐन संशोधन गर्नुले गम्भीर षड्यन्त्रको शंका उब्जाएको मसालले उल्लेख गरेको छ । ‘या त त्यसका पछाडि स्वयं नेकपालाई नै विभाजन गर्ने उद्देश्यले काम गरेको छ या त्यसका पछाडि अन्य राजनीतिक दलहरूमा विभाजन ल्याउने उद्देश्यले काम गरेको छ,’ महामन्त्री सिंहले प्रश्न गरेका छन् ‘त्यसका साथै उक्त अध्यादेशहरूका पछाडि सम्पूर्ण लोकतान्त्रिक प्रणाली माथि नै कुठाराघात गर्ने योजनाले ता काम गरेको छैन ?
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले दुईजना मात्र संवैधानिक परिषद्का सदस्यलाई सबै महत्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार प्रदान गर्नेभन्दै यसबाट सरकारको एकाधिकारवादी प्रवृत्ति देखिएको मसालले बताएको छ । मसालले सरकारले ल्याएको अध्यादेशले प्रतिगामी शक्तिहरूलाई अगाडि आउन बाटो खोल्यो भने आश्चर्य नहुने समेत बताए ।

कदर समाचार

लेखक : मोहनविक्रम सिंह ,महामन्त्री