पहिचानका मुद्दाहरु फेरि उठाउने र संविधान संशोधनका लागि सडक आन्दोलन गर्ने

अध्यक्ष प्रचण्ड

९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मगर राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै पहिचानका मुद्दाहरु फेरि उठाउने र संविधान संशोधनका लागि सडक आन्दोलन गर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले पहिचान र अधिकारको मुद्दा, जसरी उठाउनुपर्थ्यो, त्यसरी नउठाउनु कमजोरी भयो भनेर समीक्षा गरिरहेको बताए ।

संविधान निर्माणका क्रममा फरक मत राख्दा नै नयाँ परिस्थितिमा नयाँ आन्दोलन गर्दै पहिचान, निर्वाचन प्रणाली र शासकीय स्वरुपको मुद्दालाईअझ जनपक्षीय बनाउन संविधान संशोधनको प्रयास गर्ने छौं भनेको स्मरण गर । उनले अघि भने, ‘अब ती मुद्दालाई जोडदारसँग उठाउनु छ, एक चोटी फेरि संविधान संशोधनका लागि सडक आन्दोलनको दबाव दिनुपर्छ भन्नु भएको थियो ।