Breaking News

केपी ओली जस्तो ज्याद्रो मान्छे कोही पनि छैन

५ पुस, काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै कै दिन हो प्रतिनिधिसभालाई बिघठन गरेर प्रतिगमन लागू गरेको छ । त्यसै दिनको कालो दिनको अवसरमा आज काठमाण्डौं समाजवादी प्रेस संगठनले आायोजना गरेको कालोदिन का रुपमा आज आयोजना गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन्।

No description available.

अध्यक्ष नेपालले प्रतिगमनविरूद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसिसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन्।

एमसिसीको बारेमा सत्तारूढ ५ दलबीच छलफल गरेर साझा निष्कर्ष निकाल्ने पनि बताए।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसिसी जोडिनु नहुने बताए।

No description available.

उनले आफूले एमसिसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने सच्याएरमात्रै अघि बढ्ने बताए।

अध्यक्ष नेपालले, ‘एमसिसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौं। कसरी, त्यसको अन्तर्वस्तु के छ ? कतै त्रुटी कमजोरी छन् भने, सच्याउनु पर्ने कुरा छ भने, कमिटमेण्ट दिनुपर्ने कुरा छ भने ती केके हुन् भन्ने बारेमा पनि हामी छलफल गरिरहेका छौं। तीन जनाको कमिटी बनाइएको छ। त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ। हामी जनभावनालाई पनि हेरिरहेका छौं।’

नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई आफूहरूले स्वीकार्न नसक्ने भन्दै अहिले एमसिसीसँग जोडिएकाहरूले यो गठबन्धनको अंग होइन भनेर आफूहरूलाई प्रष्ट पार्ने कोशिस गरिरहेको बताए।

No description available.

‘यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौं। यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्। सेनासँग वा अन्य कुनै पनि कुराहरूसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस्,’ उनले भने, ‘छिमेकीहरूमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस्। ५ दलको बीचमा छलफल गरेर साझा निष्कर्ष निकालेर देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौं।’

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई अन्याय गरेको बताए।

उनले पार्टीमा रहँदा प्रचण्ड धेरै सोझो बनेको पनि बताए। अध्यक्ष नेपालले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गरे।

No description available.

अध्यक्ष नेपालले भने, ‘म कमरेड प्रचण्डको पनि आलोचना गर्न चाहन्छु, उहाँ सोझो हुनपुग्नुभयो। कहिल्यै कुरा उठाउनु भएन उहाँले। अब मेरो पालो छ भन्नुपर्दथ्यो नि, पालो नै नभन्ने। सम्भवतः भर्खर पार्टी एकतावद्ध भएको छ। धेरै भन्यो भने समस्या खडा हुन्छ भन्ने उहाँको कमलो मनमा त्यही परेछ। उहाँले केपी ओलीलाई चिन्दै चिन्नुभएन। केपी ओली जस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्न नै सक्नु भएन। म त हत्तु हैरान भएर बसेको मान्छे। तर उहाँलाई पनि केपी ओलीले सहन सकेनन्।’

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल