Breaking News

चार क्रिकेटरद्धारा क्यान लाई चेतावनी

२ पुस, काठमाडौं । चार क्रिकेटरलाई क्यानले कारवाही गर्ने जनाए पछि उनीहरुले आज पत्रकार सम्मेलन गर्दै आफूमाथि कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।

उनीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले अभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।