Breaking News

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा : सहमहामन्त्री पदकाको मतगणना जारी तीन जना निर्वाचित

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार मुस्लिम, मधेसी, थारु र खस आर्यको मतगणना सुरु भएको हो । अब पिछडिएको क्षेत्रको बाँकी छ ।

कांग्रेसका आठ सहमहामन्त्री पदमध्ये तीन क्लष्टर (महिला, दलित र आदिवासी जनजाती) को भने बिहीबारै नतिजा आइसकेको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भएका छन् ।

खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।

मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।

थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।