Breaking News

कांग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा व्यहोरेको पराजयसँगै रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजालले आफूले भावावेशमा निर्णय नगरेको बताएका छन् ।

महामन्त्रीमा उम्मेदवारी दिएका उनी ठूला मतान्तरले पराजित भए । प्रारम्भिक मत परिणाममा आफू पराजित हुने संकेत देखेसँगै उनले राजीनामा दिने घोषणा गरे । अन्तिम मत परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका छन् ।

लगतै रक्षामन्त्रालयमा पत्रकार सम्मेलन गरेका रिजालले भावावेशमा निर्णय नलिएको बताए । उनका अनुसार पार्टीका नेताद्धय रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोधेका थिए भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साच्चै (राजीनामा) गर्ने हो र ? भनेर प्रश्न गरेका थिए ।

अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको डा. रिजालले बताए ।
उनले भने, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन ।