Breaking News

महामन्त्री पदमा पराजय भोगेपछि मिनेन्द्र रिजालले ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजीनामा दिंदै

१ पुष, काठमाण्डौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजय भोगेपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेका छन् । अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा ब्यक्त गर्ने रिजालको तयारी छ । उनले सामाजिक सञ्जालमार्फत अन्तिम मत परिणाम आएपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पेश गर्ने बताएका छन् ।

महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका रिजाल मत परिणामको पाँचौ स्थानमा छन् ।

रिजालले काङ्ग्रेसको चौधौं महाधिवेशनमा आफुले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् ।