Breaking News

कांग्रेसको महामन्त्रीको मतगणना अन्तिम चरणमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुने निश्चित

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा पदको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मत परिणाम अन्तिम चरणमा पुगेको बताएको छ । जानकारी प्राप्त अनुसार महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ ।
तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् ।

४३९० मत गणना हुँदा गगन थापाले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डा। महतले १४५५, प्रदीप पौडेलले १३०३, डा. मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।