Breaking News

ज्ञानेन्द्र र मेरो बीचमा भएको पाँच बुँदे प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई प्रचण्डको चुनौती

१ पुस, काठमाडौं । अस्ति एमाले मनोनित केन्द्रीय सदस्यलाई सफद खुवाउने कार्यक्रममा एमाले अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भएर नै ज्ञानेन्द्रले कू गरेर सत्ता लिएको अभिव्यक्ति दिएपछि आज त्यसको खण्डन गर्दै माओवादी अध्यक्ष प्रचण्डले बिज्ञाप्ति निकालेका छन् । प्रचण्डले आफूमाथिको उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका
छन् ।

अध्यक्ष प्रचण्डले आज बिहान एक विज्ञप्ति जारी गर्दै उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिएका छन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखापरेका एमाले गुटका अध्यक्ष के।पी। शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।