कांग्रेसको १४ औं महाधिवेशन : सानेपामा अपरान्ह ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गरिने

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको निर्वाचन दुई चरणमा गरेर नतिजा समेत आइसकेको छ । अब अरु पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना गर्न बाँकी छ । निर्वाचन आयोगले आज उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समितिले बताएको छ ।

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने निर्वाचन समितिले बतायो ।