नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो पटक पुनः निर्वाचित

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् । मंसिर २७ गते भएको पहिलो चरणको सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा ५० प्रतिशत मत नकटाएपछि पाँच जना मध्ये तीन जना आउट हुँदै दुई जना शेरबहादुर देउवा र डा. शोखर कोइरालाबीच पुन हिजो २८ गते मंगलबार दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।

पहिलो चरणमा देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

दोस्रो चरण निर्वाचनमा पहिलो चरणमा आउट भएका तीनै जना उम्मेदवारले देउवालाई सघाएपछि देउवा नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट पुन सहभापतिमा निर्वाचित भएका हुन् ।