२५ मंसिर, काठमाण्डौ । एमालेको आजबाट सुरु हुने दोस्रो केन्द्रीय कमिटी बैठक अगाडी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन् । सचिवालय बैठक अध्यक्ष ओलीको नीजि निवास बालकोटमा भरखरै सुरु भएको छ ।
सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा लैजाने प्रस्ताव तयार पार्ने बुझिएको छ । यसअघि एमाले केन्द्रीय कार्यालयले केन्द्रीय कमिटीका १५ वटा प्रस्ताव तयार पारेको थियो ।
उक्त प्रस्तावमा स्थायी कमिटी र पोलिटब्युरो गठनदेखि केन्द्रीय कमिटीमा मनोनित गर्ने १० प्रतिशत सदस्य समेटिएको थियो । ती प्रस्तावमाथि सचिवालयले छलफल गरेर सर्ट लिस्ट तयार गर्नसक्ने एमाले नेताहरुले बताएका छन् ।