काँग्रेस प्रदेश १ को सभापतिमा पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराउँदै संस्थापन पक्षका उद्धव थापा विजयी

२० मंसिर, विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ को काँग्रेस सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् ।

थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् ।

थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका छन् । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।

उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् ।

संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले (केदार) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत पाए ।

महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी भएका छन् । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।

सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी भए । उनले १०२६ मत पाएका छन् । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी भइन् ।

सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए ।