१५ मंसिर, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आजबाट काठमाडौँमा सुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् । लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणापनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।
महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ ।