म्याग्दीको रघगंगा गाउँपालिकाको बेगखोलामा बोलेरो जिप दुर्घटना ४ जनाको मृत्यु

घाइते ४ जनाको अवस्था गम्भीर थप उपचारका लागि पोखरा रिफर

१३ मंसिर, म्याग्दी । म्याग्दीको रघगंगा गाउँपालिका १ बेगखोलामा आज बेलुका एक बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बेनीबाट बेगखोला जाँदै गरेको निलगिरी यातायातको ग १ ज ७२५१ नम्वरको जिप साँझ करिव ५ बजेको समयमा बेगखोला देखि केहि माथी घात्पाको घुम्तीमा दुर्घटना हुँदा जिपमा सवार ८ जना मध्य २ जनाको घटना स्थलमै मृत्यु भएको थियो । भने २ जनाको बेनि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको
छ ।

मृत्यु हुनेमा रघुगंगा गापा १ का गौमाया बिक, चालक दुत बहादुर थापा, खिम पुन र खिमनाथ शर्मा रहेका छन । बेगकै भिम फगामी बर्ष २०, बेल बहादुर बिक बर्ष ४५, मनोज पुन बर्ष २३ र ज्ञान बहादुर शेर्पुन्जा बर्ष ३० रहेका छन । घाइतेहरु ४ जनाको अबस्था गम्भिर रहेकाले पोखरा रिफर गरिएको छ ।

दुर्घटना जिप सडक बाट करिव १ सय ५० मिटर तल खसेको थियो । घटना लगत्तै स्थानीय, प्रहरी घटना स्थलमा पुगेर उद्दार गरेका थिए । घटना कारणबारे अनुसन्धान भैरहेको छ । सो ठाउँ साँघुरो र घुम्ति सडकमा गाडि ब्याक गर्दा ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।