नेकपा कालिकोटको जनसांगितीक अभियान प्रभावकारी बन्दै

१३ मंसिर, कालिकोट । नेकपा कालिकोटको जनसांगितीक अभियान प्रभावकारी बन्दै गएको छ । पचालझरना गाउँपालिकाको ८ नानिकोटमा आज एक भब्य जनसभा सम्पन्न भएको छ । गाउँकमिटी सेक्रेटरी क. तखतको सभापतित्वमा जिल्ला सेक्रेटरी क. रणदिप, शहिदस्मृती गाउँकमिटी ईन्चार्ज क. शाहसी, साधारण साखा सेक्रेटरी क. धिरेन्द्र र प्रभात जनकलाकारको आतिथ्यतामा सम्पन्न जनसभामा प्रभात जनकलाकार बेजोड प्रस्तुती प्रस्तुत गरेका थिए ।

जनसभालाई संबोधन गर्दै प्रमुख अतिथी क. रणदिपले दलाल ब्यबस्थाको अन्त्य जनमतसंग्रहबाट हुने भएकाले दलाल ब्यबस्थाको अन्त्य चाहाने शक्ति जति जनमतसंग्रहको नारामा गोलबन्द हुनु पर्ने धारणा राखेका थिए । उनले अगाडी भने, आजको आबश्यक्ता भनेको कम्युनिष्ट एकता हो, तर असल कम्युनिष्ट बिचको एकतन पार्टी र जनताले चाहेको छ ।