माओवादी केन्द्रसंग यथास्थितिमा पार्टी एकता सम्भव छैन

जिल्ला सेक्रेटरी क. रणदिप

१३ मंसिर, कालिकोट । नेकपा (विप्लव) निकट नेकपा कालिकोट ले ८ औं पार्टी पुर्नरगठन दिवस भब्यरुपमा मनाईको
छ । सहिद स्मृती गाउँ कमिटीको आयोजनामा कालिकोटको कुमलगाउँमा एक जनसभा मार्फत दिवस मनाएको हो । नेकपाले एक र्याली सहित बाजागाजाकासाथ जनसभा सम्पन्न भएको थियो । कुमालगाउमा सम्पन्न जनसभाको अध्यक्षता क. अखडा ले गर्नु भएको थियो भने प्रमुखअतिथिमा जिल्ला सेक्रेटरी क. रणदिप ले गर्नु भएको थियो । शाखा सेक्रेटरी क. धिरेन्द्र जिल्ला जनपरिषदका संयोजक क. अर्जुन, जिल्ला सल्लाहाकार सदस्य क. चंचल, क. ललित र क. निर्मल, क. नन्दा को आतिथ्यतामा सम्पन्न जनसभामा प्रभात जनकलाकारको बेजोड प्रस्तुती रहेको थियो । स्थानिय कलाका ले देउडा प्रस्तुत समेत गरिएको थियो ।

जनसभालाई संबोधन गर्दै प्रमुख अतिथी क. रणदीप ले यथास्थितिमा माके पार्टी संग एकता सम्भव नभएको र एकता गर्नका लागि प्रचण्ड ले संसदीय ब्यबस्था परित्याग गर्नु पर्ने एकीकृत जनक्रन्ती मार्फत बैज्ञानिक समाजवाद मान्नु पर्ने जनमत संग्रहको प्रस्ताव स्युकार्नु पर्ने र बिगतमा प्रचण्डले गरेको गल्तीलाई आमजनतामा माफी माग्नु पर्ने अनिमात्र पार्टी एकता हुनसक्ने बताएका थिए ।