ओलीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिए

१३ मंसिर, चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले आफु अध्यक्ष भएको ३०१ केन्द्रीय कमिटी मध्यराती घोषणा गरेता पनि आज बिहानबाट नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएर उम्मेदवारी दर्ता प्रक्रिया अगाढी बढेको छ।

बिहानै पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि ओलीले पनि उम्मेदवारी दिएका हुन् । ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् ।

नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो । तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो ।