करिब १० घन्टापछि बल्ल एमाले बन्दसत्र सुरु हुँदै पहिलो चरणमा अध्यक्ष मण्डलको बैठक सुरु

१२ मंंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्र्गत आज दिनभरी बन्दसत्र बस्न नसकेर भागबन्डा मिलाउनमै सकिएको छ । दिनभरीको सकसपछि बल्ला केही बेरबाट सुरु हुन लागेकोको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।

ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् ।

उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्दसत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।